काठमाडौं । अग्रणी निर्जीवन बीमकमध्येको शिखर इन्स्योरेन्स लिमिटेडले कर्मचारी दक्षता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आएको छ।
सूचना प्रविधिमा आएको परिवर्तनसँग कम्पनीको जनशक्तिलाई परिचित बनाउन र दक्षता अभिवृद्धि गर्न इन्स्योरेन्सले एक साथ २५ जना कर्मचारीलाई माइक्रोसफ्ट अफिस प्याकेज प्रशिक्षणमा सहभागि गराएको छ।
प्रशिक्षक संस्था डियर वाकका अनुसार, सघन तालिमका क्रममा सहभागिहरूले माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइण्ट र आउटलुक सफ्टवेयरमा उनीहरूको प्राविधिक दक्षता बढाउने गरी शिप सिक्न पाउनेछन् । यो तालिमले सहभागिहरूको व्यवसायीक सञ्चार, तथ्याङ्क व्यवस्थापन र सेवा प्रवाह दक्षता सुदृढ बनाउन मद्दत गर्नेछ।
बीमा कम्पनीहरूले कुल व्यवस्थापन खर्चको कम्तीमा २ प्रतिशत रकम कर्मचारीको वृत्ति विकासमा लगानी गर्नुपर्ने प्रावधान छ।
तस्वीर श्रोतः डियरवाक ट्रेनिङ सेण्टर

















