काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव १ अंकले बढेर २,६९६ को विन्दुमा कायम भएको छ । आज १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५० करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८१ प्रतिशतका दरले गुमाएका हुन् ।

















