काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २,५८५ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तेह्रथुम पावरको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३२ प्रतिशतका दरले कमाएका हुन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव २३ प्रतिशतका दरले गुमाएका हुन् ।


















