काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ७५ दशमलव ८४ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शुभम पावर, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९०प्रतिशतका दरले कमाएका छन् ।


















