काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयरपछिको मुल्य समायोजन भएको छ भने प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको हो ।
यी कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनश शेयरपछि ५१२ रुपैयाँ ५८ पैसा कायम भएको छ । हिजो कम्पनीको अन्तिम कारोबार मूल्य ५५३ रुपैयाँ ५९ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।
त्यस्तै एशियन लाइफको ४२ प्रतिशत हकप्रद पछि ५२० रुपैयाँ ०३ पैसा मूल्य कायम भएको छ । हिजो कम्पनीको अन्तिम कारोबार मूल्य ६९६ रुपैयाँ ४४ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।

















