IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ। नबिल बैंक र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले नबिलको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात नबिल बैंकको शेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमा विकास बैंकको ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन नबिलको शेयर प्रतिकित्ता ५६६ रुपैयाँमा र गरिमा विकास बैंकको ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकको कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS