काठमाडौं । आज शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशलमव ०४ अंकले घटेर २,६१६ को विन्दुमा कायम भएको छ । आज १३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । एनएबी ५० का इकाईधनीले ३ दशलमव ९४प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी डिबेञ्चरका इकाईधनीले ३ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।