IME Life New
GBIME

३२ अंकले घटेको बजारमा २०९ कम्पनीको शेयर भाउमा गिरावट

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको तेस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३२ दशलमव २१ अंकले घटेर २,७१९ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ८० प्रतिशतका दरले कमाएका हुन् । ज्योति विकास बैंकका लगानीकर्ताले ३ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ६९ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS