IME Life New

नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य ४०४.६२ रुपैयाँ कायम भएको छ । नेप्सेले बैंकको हिजो अन्तिम कारोबार मूल्य ४२८.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनश शेयरपछि २५६.१९ रुपैयाँ शेयर मूल्य कायम गरिएको छ । हिजो कम्पनीको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

त्यस्तै, सर्वोत्तम पेन्ट्सको १० प्रतिशत बोनश शेयरपछि शेयर मूल्य १२१३.६४ रुपैयाँ कायम गरिएको छ । हिजो कम्पनीको नेप्सेमा अन्तिम कारोबार मूल्य १३३५ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS