काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को लागि हालसम्म सात बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ, सिटिजन लाइफ, नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् ।
सूर्यज्योति लाइफ
यस कम्पनीले आर्थिक वर्ष २०८०/ ८१ का लागि सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम रु ४० देखि रु ७५ सम्म, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४० देखि रु ७५ सम्म, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४२ देखि रु ६० सम्म, चौरासी पूजा जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४५ देखि रु ९० सम्म बोनस यदिने घोषणा गरेको छ ।
नेपाल लाइफ
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) मा प्रतिहजार ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६० रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथिका लागि ८२ रुपैयाँ, सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ तथाा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ ।
सावाधिक जीवन बीमालेख (जीवन समुनन्त) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ७० रुपैयाँ र ३० वर्षभन्दा माथिका लागि ७० रुपैयाँ कायम भएको छ । सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १ रविकल्प २) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथिका लागि ६५ रुपैयाँ,सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ तथा २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष माथिका लागि ६० रुपैयाँ छ ।
सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ कायम भएको छ । सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६० रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथिका लागि ८२ रुपैयाँ कायम भएको छ ।
अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि)मा १५ वर्षे अवधिका लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ र २० वर्षे अवधिका लागि ५६ रुपैयाँ बोनस पाउनेछन्। अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ छ । अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ कायम भएको छ । अन्य (जीवन सारथी) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि ८५ रुपैयाँ छ ।
सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा १० वर्षदेखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मको लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ कायम छ ।
वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ० वर्षदेखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ । सिटिजन शुभारम्भ योजना (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।
सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ । सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख र सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथि योजना) मा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सावधिक सीमित अवधि भुक्तानी र सावधिक तथा बाल सावधिकमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा बढीको लागि ७० रुपैयाँ बोनसदर छ । सामूहिक सावधिक योजनामा ० देखि ९ वर्षसम्म, १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
सावधिक तथा आजीवन योजनामा ० देखि ९ वर्षसम्म र १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोेभन्दा बढीका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी तथा आजीवनमा १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी सावधिकमा १० देखि १४ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग)मा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्म ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।
वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) मा १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनस कायम छ ।
मेट लाइफ इन्स्योरेन्स
कम्पनीले अग्रिम भुक्तानी योजना (थ्री पेमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ कायम गरेको छ । अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेकोे छ । सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।
शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।
रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्षसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ५५ रुपैया, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ।
रिलायबल सुलभ जीवन बीमालेख सुलभ बाल जीवन बीमालेख प्लस योजनामा ५ देखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि २९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ४१ रुपैयाँ कायम भएको छ।
रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा ५ देखि १४ वर्षसम्मको लागि २५ रुपैयाँ र १५ र सोभन्दा माथि अवधिका लागि २६ रुपैयाँ बोनसदर कायम भएको छ। लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ५ देखि ९ वर्षसम्मको लागि ३१ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि ३४ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ३५ रुपैयाँ कायम भएको छ।
सावाधिक तथा आजीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ कायम भएको छ।
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०, १२ र १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम भएको छ।
रिलायबल समुन्नति जीवन बीमामा ५ देखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १५ देखि २४ वर्षसम्मको लागि २१ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि २३ रुपैयाँ बोनसदर कायम भएको छ।
रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावाधिक बीमालेखमा ५ देखि १४ वर्षका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम भएको छ।
सानिमा रिलायन्स लाइफ
कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक जीवन बीमा योजना (रेगुलर) मा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ , १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
सावधिक जीवन बीमा योजना (एकल) मा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
त्रिपल सावधिक बीमामा १० वर्षदेखि १४ वर्षसम्मको लागि २० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
दम्पती सावधिक बीमा योजनामा १५ वर्षदेखि १९ वर्षसम्मको लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। सावधिक तथा आजीवनमा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
अग्रिम भुक्तानी योजनामा १० वर्षदेखि १४ वर्षसम्मको गि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। वार्षिक अग्रिम भुक्तानी योजनामा १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्पm ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। कम्पनीले यस योजनाका ८ हजार ८५५ बीमालेख बिक्री गरेको छ।
१५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको ६१९ वटा बीमालेख बिक्री भएको छ। २० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको २९५ वटा बीमालेख बिक्री भएको छ।
रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको ५९७ वटा बीमालेख बिक्री भएको छ। सामूहिक सावधिकको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको १ हजार ६९४ वटा बीमालेख बिक्री भएको छ।
सावधिक तथा आजीवनमा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ सावधिकमा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
सीमित भुक्तानी सावधिकमा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। बाल सावाधिक योजनामा १० देखि ११३ वर्षको लागि १९ रुपैयाँ, १४ देखि १५ वर्षको लागि २० रुपैयाँ, १६ वर्षको लागि २२ रुपैयाँ, १७ वर्षको लागि २३ रुपैयाँ, १८ वर्षको लागि २५ रुपैयाँ, १९ वर्षको लागि २६ रुपैयाँ, २० वर्षको लागि २७ रुपैयाँ, २१ वर्षका लागि २८ रुपैयाँ, २२ वर्षको लागि ३० रुपैयाँ, २३ वर्षको लागि ३१ रुपैयाँ, २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३४ रुपैयाँ रहेको ।
कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनश दर कायम हुने जनाएको छ ।