IME Life New

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना, रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै सेन्साइ (Sensei) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ। हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित ल्याइएको यस योजनाले चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक बचत, उपयोगी उपहार र सहज खरिद सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।

यस विशेष योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स उत्पादन खरिद गर्ने उपभोक्ताले रु. ३०,१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सेन्साइले यस योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनर तथा अन्य घरायसी उपकरणहरू समावेश गरेको छ।

Esewa
Crest

उपभोक्ताका लागि पक्का उपहारको व्यवस्था गरिएको छ, योजनाअन्तर्गत फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल तथा सेमी-अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क प्रदान गरिनेछ। यसले चाडपर्वमा नयाँ उपकरण खरिद गर्ने उपभोक्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर उपहारस्वरूप सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन जित्ने अवसर समेत प्राप्त गर्नेछन्। बम्पर उपहारमा सहभागी हुन उपभोक्ताले योजनामा उपलब्ध QR Code स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सक्नेछन्। सेन्साइले आफ्नो डाइरेक्ट ड्राइभ प्रविधियुक्त वाशिङ मेसिनमार्फत आधुनिक प्रविधि, सहज प्रयोग र प्रभावकारी धुलाई अनुभवमा जोड दिँदै आएको छ।

उपभोक्ताको खरिद प्रक्रियालाई अझ सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा EMI तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। यसरी क्यासब्याक, पक्का उपहार, बम्पर उपहार तथा सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेटेर सेन्साइले दसैँको किनमेललाई थप सहज र आकर्षक बनाउने प्रयास गरेको छ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ। दसैँ केवल किनमेलको समय मात्र नभई परिवारसँग खुसी, आशा र आत्मीयता बाँड्ने पर्व भएको भावनालाई केन्द्रमा राख्दै सेन्साइले यस वर्षको अभियान तयार गरेको हो।

चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा सेन्साइका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत सेन्साइका विभिन्न उत्पादनहरू उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनर तथा अन्य इलेक्ट्रोनिक्स र घरायसी उपकरणका विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। सेन्साइले आधुनिक प्रविधियुक्त, उपयोगी तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ। शर्तहरु लागु हुने छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS