IME Life New

प्राथमिक पुँजीबजार सुधारका लागि धितोपत्र बोर्डले जारी गर्यो श्वेतपत्र, यस्ता छन् उद्देश्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी गरेको छ।

धितोपत्र बोर्डले ‘नेपालको प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ जारी गरेको हो। यो श्वेतपत्रको मुख्य उद्देश्य विद्यमान प्राथमिक पुँजीबजारको समग्र मूल्यांकन गर्ने रहेको छ।

Esewa
Crest

यसैगरी संरचनागत समस्या तथा सुधार भएका आवश्यक क्षेत्रहरुको पहिचान गर्नुपर्ने पनि श्वेतपत्रको मुख्य उद्देश्य रहेको छ। अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गर्नु, नेपालका लागि उपयुक्त सुधार मोडेल प्रस्ताव गर्नु, सार्वजनिक निष्कासन निष्कासन प्रणालीलाई बजारमा आधारित बनाउनु र लगानीकर्ता संरक्षण सुदृढ गर्नुपर्ने श्वेतपत्रको मुख्य उद्देश्य रहेको छ।

धितोपत्र बोर्डले श्वेतपत्रमा कानुनी तथा नियामकीय सुधारका आधार तयार पार्नु, संस्थागत क्षमता अभिवृद्धिको मार्गचित्र प्रस्तुत गर्नु, डिजिटल प्राथमिक पुँजीबजारको विकासलाई प्रवर्द्धन गर्नु र दीर्घकालीन पुँजीबजार विकासमा योगदान पुर्याउनु रहेको उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS