काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकलाई आइपीओ अनुमति दिएको छ।
धितोपत्र बोर्ड बोर्डले आज सूर्यकुन्ड हाइड्रोलाई १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको आइपीओ अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७९ हजार ३५० कित्ता आइपीओ जारी गर्नेछ।
यो सार्वजनिक निष्कासन कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबरको रहेको छ। हाल कम्पनीमा संस्थापक समूहको ८० प्रतिशत अर्थात ५५ करोड १७ लाख रुपैयाँ ४९ हजार ४०० रुपैयाँ लगानी रहेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँ पुग्नेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

















