IME Life New

एचआईभी उपचारमा ठूलो उपलब्धि, लुकेका भाइरस ‘देखाउन’ वैज्ञानिकहरु सफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ एमआरएनए न्यानोपार्टिकल प्रविधिबाट अब शरीरभित्र लुकेका एचआईभी भाइरस सक्रिय पार्न सकिने सम्भावनालाई वैज्ञानिकहरुले ‘गेम चेन्जर’ भनिरहेका छन्।

एचआईभी उपचारमा मुख्य चुनौती

Crest

एचआईभीलाई पूर्ण रुपमा नियन्त्रण गर्न दशकौँदेखि प्रयास भइरहे पनि यसको एक मुख्य चुनौती भनेको ‘लुकेको भाइरस’ हो। यो भाइरस शरीरका सेता रक्तकोषहरु (सीडी४ प्लस टी सेल्स) भित्र लुकेर निष्क्रिय अवस्थामा रहन्छ। जसलाई औषधि वा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले पत्ता लगाउन सक्दैन। यही कारणले गर्दा एचआईभी संक्रमित व्यक्तिले जीवनभर औषधि लिनुपर्ने हुन्छ। किनकि भाइरस पूरै नष्ट हुँदैन।

नयाँ खोजः एमआरएनए न्यानोपार्टिकल ‘एलएनपी एक्स’

सन् २०२५ मा हार्वर्ड मेडिकल स्कुलका अनुसन्धानकर्ताले एलएनपी एक्स नामक अत्याधुनिक एमआरएनए–लिपिड न्यानोपार्टिकल प्रणाली विकास गरेका छन्। यो प्रविधि कोभिड–१९ एमआरएनए खोपमा प्रयोग गरिएको प्रविधिसँग मिल्दोजुल्दो भए पनि यसलाई विशेषगरी एचआईभी लुकेका सीडी४ प्लस कोषहरुमा सिधा पुग्ने गरी परिमार्जन गरिएको हो।

यस न्यानोपार्टिकलमा रहेको एमआरएनएले कोषभित्र सोभ भाइरसलाई ‘सक्रिय’ पार्ने प्रोटिन बनाउँछ। जसले गर्दा पहिले अदृश्य रहेको भाइरस अब पत्ता लगाउन सकिन्छ। पहिलेका प्रयासहरु असफल हुनुको कारण सेता रक्तकोषहरुले न्यानोपार्टिकललाई ग्रहण गर्न नसक्नु थियो। तर एलएनपी एक्सले कोष झिल्ली पार गर्ने क्षमता बढाएर यो समस्या समाधान गरेको छ।

प्रयोगशाला नतिजाः रात र दिनजस्तो फरक परिणाम

एचआईभी संक्रमित व्यक्तिबाट लिइएका सेता रक्तकोषमा गरिएको परीक्षणमा एलएनपी एक्स उपचारपछि भाइरल आरएनएको मात्रा अत्यधिक वृद्धि भएको देखिएको छ। वैज्ञानिकहरुले यसलाई ‘रात र दिनजस्तो फरक नतिजा’ भनेका छन्। जसको अर्थ लुकेका भाइरसहरुलाई स्पष्ट रुपमा पहिचान गर्न सफल भएको हो।

यो प्रविधिले अब ‘सक एन्ड किल’ रणनीतिलाई व्यवहारिक रुपमा सम्भव बनाएको छ। जहाँ पहिले लुकेको भाइरसलाई ‘जागा’ पारिन्छ र त्यसपछि औषधि वा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले नष्ट गर्छ।

भविष्यको सम्भावना र चुनौती

यो प्रविधिले अहिले नै एचआईभीको पूर्ण उपचार सुनिश्चित गर्दैन। तर, यो एचआईभी उन्मूलनतर्फको अत्यन्तै महत्वपूर्ण कदम हो। आगामी चरणमा यो प्रविधि मानवीय परीक्षणमा लगिनेछ। जसले यसको सुरक्षा, प्रभावकारिता र दीर्घकालीन असर मूल्यांकन गर्नेछ।

मुख्य चुनौतीहरु

  • एमआरएनए अभिव्यक्ति नियन्त्रणमा राख्ने,
  • शरीरमा अत्यधिक प्रतिरक्षा प्रतिक्रिया नआउने सुनिश्चित गर्ने,
  • ठूलो परिमाणमा उत्पादन र सुरक्षित वितरण सुनिश्चित गर्ने।

यदि सफल भयो भने एलएनपी एक्स प्रविधि न केवल एचआईभीमा अन्य लुकेका भाइरल रोगहरु (जस्तै हेपाटाइटिस वा ट्युबरकुलोसिस) मा पनि उपयोगी हुन सक्छ।

निष्कर्षः विज्ञानको नयाँ मोड

एचआईभी उपचारमा यो खोजलाई वैज्ञानिकहरुले ‘टर्निङ प्वइन्ट’ मानेका छन्। लुकेका भाइरसलाई देख्न सक्ने क्षमताले अब अनुसन्धानकर्तालाई एचआईभीको वास्तविक अन्त्यतर्फ लैजाने नयाँ बाटो खोलिदिएको छ। जसरी कोभिड–१९ खोपले एमआरएनए प्रविधिलाई विश्वभर स्वीकृति दिलायो, त्यसरी नै एलएनपी एक्सले एचआईभी उपचारको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS