काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। यो बोनस शेयरका लागि कर प्रयोजनार्थ कम्पनीले १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश छुट्याएको छ।
यो बोनस शेयर कम्पनीले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने जनाएको छ।












