IME Life New

सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको फागुन २६ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१का लागि वितरण गर्ने भनेर प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल ७.८९४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३९४७ नगद लाभांश छन्।

बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। छैटौँ वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत कायम गरी जारी गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले कम्पनीको खर्च अनुमोदन गर्नुका साथै सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको भत्ता संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव प्राप्त भएमा वा फेरबदल भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS