IME Life New

भारतमा बीमित शिक्षा तथा सचेतनका लागि सञ्चालनमा ल्याइँदै भारु ८ अर्बको कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामकले बीमित शिक्षा र संरक्षणका लागि ८ अर्ब भारतीय रुपैयाँबराबरको बीमित सचेतना तथा संरक्षण कोष सञ्चालनमा ल्याउने भएको छ।

बीमा नियामक तथा विकास प्राधिकरणले ‘सबका बीमा सबकी रक्षा’ योजनाअन्तर्गत यस्तो कोष स्थापना र सञ्चालन गर्ने तयारी गरेको हो । बीमा ऐनको प्रावधानले बीमित जागरण, बीमित हित संरक्षण र बीमित लक्षित अन्य पहलका लागि कोष स्थापनाको व्यवस्था गरेको छ।

Esewa
Crest

यो कोषमा केन्द्र सरकारबाट प्राप्त अनुदान तथा दान, प्राधिकरण र अन्य स्रोतबाट प्राप्त रकम, बीमकमाथि गरिएको जरिवानाबापतको रकम र नियामकले तोकेको अन्य रकम यो कोषमा जम्मा गरिनेछ । प्राधिकरणले यस्तो कोषमा जम्मा भएको रकम बीमित सचेना, संरक्षण र सम्बन्धित प्रयोजनमा ल्याउनेछ।

प्रस्तावित कोष परिचालन कार्यविधिले बीमा जागरण, बीमित हित संरक्षण सुदृढीकरण, गुनासो सुनुवाइ प्रणालीको सबलता र बीमितलाई अझ सुदृढ सेवाका लागि प्रविधिको प्रयोगमा जोड दिन संरचनागत र स्थायी रुपरेखा तयार गर्नेछ।

कोषबाट प्राप्त हुने ब्याज तथा प्रतिफलबापतको आम्दानीलाई देशव्यापी बीमा शिक्षा र जागरण, महाविपदका बेला पूर्वसूचना वितरण गर्न र दाबी नगरिएको रकम पत्ता लगाउने प्रणालीको विकासमा प्रयोग गरिनेछ।

प्राधिकरणले कोषको सञ्चालन तथा व्यवस्थापनका लागि कोष व्यवस्थापन समितिको समेत प्रस्ताव गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS