IME Life New

१९.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । आज नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.१७२३ अर्ब २७ करोड पुगेको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

Crest

समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१५७१ अर्ब २४ करोड रहेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङख्या ५,०५,९५७ र पुनः श्रम स्वीकृति लिनेको सङख्या ३,३३,३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङख्या क्रमशः ४,६०,१०२ र २,८१,१९५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS