काठमाडौं । पछिल्लो समय आक्रामक रुपमा रेमिटेन्स आइरहेको छ । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षणको कारणले गर्दा विदेश जाने युवाको संख्या बढेसँगै रेमिटेन्स पनि सोही अनुसार आइरहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा १ खर्ब ७४ अर्ब रेमिटेन्स नेपालमा भित्रिएको छ । साउन महिनामा भने १ खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएकोमा असार महिनामा भने १ खर्ब ८९ अर्ब रेमिटेन्स भित्रिएकोमा थियो । गत आर्थिक वर्षको असार महिनामा भित्रिएको रेमिटेन्स भने रेकर्ड हो । त्यस अघि १ खर्ब ८९ अर्ब माथि रेमिटेन्स भित्रिएको थिएन ।
तर विगत दुई महिना देखि भने रेमिटेन्स घट्दो क्रममा रहेको देखिन्छ । २०८२ भदौ महिनामा भित्रिएको रेमिटेन्स जेठ महिना यताकै कम हो । जेठ महिनामा १ खर्ब ७६ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

















