काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५ अर्ब १९ करोड शेयर पूँजी भएको कम्पनीले गतआर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४७.२५ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियम सिर्षकमा १ अर्ब ३९ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा २२ करोड २२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ७८ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ९ अर्ब ९४ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ३६.४५ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५७ करोड पुगेको छ ।
गत आर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २८.२३ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले पुनर्बीमा मार्फत ३६ करोड ७४ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३१.८२ प्रतिशतले वृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीले ५३ करोड ६२ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४८ करोड ६९ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.९७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४७.४७ रुपैयाँ रहेको छ ।


















