IME Life New

रिलायबल नेपाल लाइफ गण्डकी प्रदेशद्वारा लाइफ चेन्जिङ प्रोग्राम-२ सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेशले आत्मविकास, मनोवृत्ति रूपान्तरण र पेशागत उत्कृष्टता लक्षित ‘Life Changing Program-2 (Champion’s Journey & Mind Set Mastery Program)’ पोखराको साराङकोटस्थित Himalayan Front Resort मा भव्य रूपमा सम्पन्न गरेको छ। दुईदिने यो कार्यक्रमले सहभागीहरूमा “सकारात्मक सोच, स्पष्ट लक्ष्य र निरन्तर प्रयास नै जीवनमा रूपान्तरण ल्याउने शक्ति हो” भन्ने सन्देश दिएको छ।

गण्डकी प्रदेशका विभिन्न शाखाबाट आएका करिब ७० जना एजेन्ट र कर्मचारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रदेश प्रमुख सरोज अधिकारीले राखेका थिए।

Crest

उनले भने ,“जीवनमा हरेक सफलता मनोवृत्तिबाट सुरु हुन्छ। रिलायबलका एजेन्ट र कर्मचारीहरूको प्रतिबद्धता नै हाम्रो कम्पनीको वास्तविक पूँजी हो।”

कार्यक्रममा सेल्स हेड शैलेन्द्र श्रेष्ठले Customer Care, Team Guideline & Insurance Law विषयमा सत्र सञ्चालन गर्दै भने, “बीमा व्यवसाय केवल पॉलिसी बेच्ने काम होइन, यो विश्वास निर्माण र जिम्मेवारी पूरा गर्ने कला हो।”

कार्यक्रमका प्रमुख आकर्षण, प्रसिद्ध मोटिभेटर तथा कर्पोरेट ट्रेनर राजा बाबु शाहले Re-design Your Vision & Achieve Your Goal र Mindset Mastery शीर्षकमा प्रेरणादायी सत्रहरू सञ्चालन गरे। उनले सहभागीहरूलाई आग्रह गर्दै भने , “हामीले जीवन परिवर्तन गर्न अरूलाई होइन, आफैँलाई परिवर्तन गर्न सुरु गर्नुपर्छ। जब सोच परिवर्तन हुन्छ, दिशा परिवर्तन हुन्छ।”

सहभागीहरूले समूहगत रूपमा आफ्नो भिजन डिजाइन, लक्ष्य निर्धारण र व्यावहारिक रणनीति प्रस्तुत गरे। अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई प्रशंसा-पत्र र पुरस्कार प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा व्यवसायसँगै आफ्ना कर्मचारी र एजेन्टहरूको आत्मबल, नेतृत्व क्षमता र व्यावसायिक सीप विकासमा निरन्तर लगानी गर्दै आएको छ।

गत वर्ष भाद्र महिनामा सम्पन्न Life Changing Program-1 को सफलतापछि, यस वर्षको दोस्रो संस्करणले अझ गहिरो प्रभाव पारेको आयोजकले जनाएको छ। कम्पनीका प्रतिनिधिहरूका अनुसार, आगामी वर्षहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS