IME Life New

धितोपत्र बोर्डबाट राष्ट्रिय वाणिज्य बैंकले पायो रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज राष्ट्रि वाणिज्य बैंकलाई ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकितदर कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

Esewa
Crest

बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणलाई जारी गर्नेछ भने बाँकी १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ।

यो ७ वर्षे ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS