IME Life New

राष्ट्र बैंकले प्रणालीगत महत्वपूर्ण बैंक र भुक्तानी प्रणालीको पहिचान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा महत्वपूर्ण बैंक र भुक्तानी प्रणालीको पहिचान गर्ने भएको छ। बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको माैद्रिक नीतिमा बैंक र भुक्तानी प्रणाली दुबैमा प्रणालीगत महत्वपूर्ण संस्था पहिचान गर्ने विषय समेटेको हो।

कारोबार रकमका आधारले ठूलो र समग्र बैंक वित्तीय संस्थाको कुल कारोबारमा महत्वपूर्ण हिस्सा ओगटेको बैंकलाई राष्ट्र बैंकले प्रणालीगत महत्वपूर्ण बैंकका रूपमा पहिचान गर्नेछ।

Esewa
Crest

यसरी पहिचानित बैंकको वित्तीय अवस्था धराशायी भयो वा सेवा अवरूद्ध भयो भने समग्र बैंकिङ क्षेत्रको सेवा नै प्रभावित हुने भएकाले नियामकले त्यस्तो बैंकको अझै सघन सुपरिवेक्षण गर्छ।

माैद्रिक नीतिमा पहिचान गरिएका बैंकहरूमा नियमन र सुरपरिवेक्षणको थप व्यवस्था लागू गर्न घरेलु प्रणालीगत महत्वपूर्ण बैंक रूपरेखा जारी गरी कार्यान्वयन गरिने समेत उल्लेख छ।

यसबाहेक प्रणालीगत रुपमा महत्वपूर्ण भुक्तानी प्रणालीको पहिचान गरी प्रभावकारी अनुगमनका लागि पनि महत्वपूर्ण भुक्तानी प्रणालीको पहिचानका लागि रूपरेखा पनि तयार पारिने माैद्रिक नीतिमा उल्लेख छ।

छिमेकी मुलुक भारतमा स्टेट बैंक अफ इण्डिया, आइसीआइसीआइ बैंक र एचडिएफसी बैंक प्रणालीगत महत्वपूर्ण बैंकिङ संस्था हुन् ।यसैगरी नेशनल पेमेण्ट कर्पोरेशन अफ इण्डिया भारतमा प्रणालीगत महत्वपूर्ण भुक्तानी प्रणाली हो। यी संस्थालाई भारतीय रिजर्भ बैंकले सुक्ष्म निगरानी गर्छ।

यसबाहेक एलआइसी, जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया(जिआइसी) र न्यू इण्डिया एस्योरेन्स बीमा कम्पनी प्रणालीगत महत्वपूर्ण बीमक हुन्। यी बीमा कम्पनीहरूको कसिलो सुपरिवेक्षणको काम बीमा नियामक तथा विकास प्राधिकरणले गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS