IME Life New

धितोपत्र बोर्डबाट राप्ती हाइड्रोले पायो १००% हकप्रद शेयर जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९८३ रुपैयाँ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

Esewa
Crest

धितोपत्र बोर्डले आज वैशाख २५ गते राप्ती हाइड्रोलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS