काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ भोलि बैशाख ११ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गते बिहीबार बिहान ८ः३० बजे आइपीओ बाँडफाँड हुने जनाएको छ ।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले मात्रै शेयर हात पार्नेछन् ।
ेक्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

















