IME Life New

आर्थिक स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री कार्की

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको आर्थिक स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । उनले वर्तमान सरकार निजी क्षेत्रको मनोबल उच्च राख्न र औद्योगिक वातावरण निर्माणमा प्रतिवद्ध रहेको समेत बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघले शनिवार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय आर्थिक बहस २.०” कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते देशभर देखिएको ‘जेनजी आन्दोलन’ले पारदर्शिता, जवाफदेहित्ता र प्रणाली सुधारको मागलाई बलियोसँग उठाएको बताउँदै त्यस आन्दोलनको मर्म आत्मसात् गर्दै शासन सुधार र आर्थिक सुशासनका लागि सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Crest

“तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन् । उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन् । प्रधानमन्त्रीले भनिन, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि बहन गरिदिएका हुन्छन् । तसर्थ यो क्षेत्रको संरक्षण राज्यको दायित्व हो । ”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS