IME Life New

खेल पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्रलाई आकर्षित गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले खेलकुद पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्रलाई आकर्षित गर्ने घोषणा गरेको छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई खेल पुर्वाधारमा लगानी गर्न आकर्षित गरिने जानकारी दिए। उनले खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने घोषणा समेत गरेका छन् ।

Esewa
Crest

पछिल्लो समयमा नेपालमा विशेषगरी क्रिकेट र फुटबल खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता र व्यवसायीक लिग प्रतियोगिताहरूको आयोजना गर्ने क्रम बढ्दै गएको छ।

यसैगरी धनगढी लगायतका क्षेत्रमा निजी क्षेत्रले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गरेको छ।

यसैबीच सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि खेलकुद क्षेत्रको लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने घोषणा पाैडेलले गरेका छन् । यसैगरी सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने अर्थमन्त्री पाैडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS