काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले १ लाख ३० हजार ४४२ कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरेको हुनाले कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।
सो शेयरको मूल्य २०३ रुपैयाँ रहेको छ । शेयरमा आवेदन दिदा सो मूल्यमा नघट्ने गरी दिनुपर्नेछ । शेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

















