काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरे अनुसार कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीका संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीको भनाई छ । संस्थापक शेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

















