काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
शुक्रबार सिंहदरबारभित्र कार्यकक्षमा पदभार ग्रहण गर्दै कार्कीले संसद विघटनका लागि राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेकी हुन् ।
अब उनले शीप र क्षमताका आधारमा नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने उनको समर्थकहरूको समूह हामी नेपालले जानकारी दिएको छ ।
राष्ट्रपति पाैडेलले संविधानको धारा ६१ को उपधारा २ को व्यवस्था अन्तर्गत कार्कीलाइ प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

















