काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा पिपुल्स पावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद समायोजन गरेको हो।समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४९१ रुपैयाँ ७० पैसाका आधारमा शेयरमूल्य समायोजन गरेको हो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

















