काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र रजिलो पे पेमेन्ट सर्भिसेजको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।
भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५, भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७, भुक्तानीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का विभिन्न प्रावधान उल्लंघन गरेको पाइएकोले ती दुवै भुक्तानी सेवाप्रदायक संस्थाको लाइसेन्स राष्ट्र बैंकको सञ्चालक समितिको असार ५ गते बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा २५ को उपदफा (१)को खण्ड (च)को व्यवस्थाअनुसार ती दुवै संस्थाको लाइसेन्स खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकबाट पेवेल नेपालले २०७७ असोज ११ गते र सजिलो पे पेमेन्टले २०७७ चैत १७ गते अनुमतिपत्र पाएका थिए।

















