काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ। ९.९८ मे.वाको अप्पर माई जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेन होलमा गत वैशाख ७ गते दिउँसो ३ बजे आकस्मिक रूपमा फुट्दा भएको क्षतिको कारण सोही दिनदेखि उत्पादन बन्द भएको थियो।
कम्पनीले आयोजनाको मर्मत सम्भार पश्चात परीक्षण समेत गरी यही जेठ ७ गते बिहान १० बजेबाट विद्युत उत्पादन पुनः सुचारु भएको जनाएको छ ।
1779684570438












