IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी सन्दीप खेतान र जुली चाचानको ९९ हजार ४११ कित्ता र ४९ हजार ७०५ कित्ता, महेन्द्रकुमार गोयलको ८२ हजार ५९२ कित्ता तथा ज्योति कुमारी सरावगीको २४ हजार ६०२ कित्ता शेयर रहेको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता खेतान र चाचानले १८० रुपैयाँ, गोयलले १६३.९० रुपैयाँ र सरावगीले १६३.५० रुपैयाँ राखेका छन्। इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गरी खरिद निवेदन दिन सक्नेछन्।

यी शेयर यसअघि कमपनीकै संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन परेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुलाा गरिएको हो।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलस्थित कमपनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS