IME Life New

ओरिएन्टल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४४ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ भने नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको छ ।

कम्पनी पहिलो त्रैमासमा २८ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २४ करोड ५१ लाख रुपैयाँ घाटामा रहेको थियो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङ १९ करोड ४२ लाख रुपैयाँ घाटामा रहेको छ । अन्य इक्विटीमा ७९ करोड १ लाख रहेको छ ।

Crest

अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ७ करोड २५ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ८० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले २८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ५८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १८ करोड ५ लाख रुपैयाँ खर्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS