IME Life New

ओरिएण्टल इन्स्योरेन्सद्वारा सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पल्सीलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व अर्न्तगत नगद रु १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । मष्तिस्कघातका कारण सामान्य जीबन यापन गर्न असमर्थ बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष ब्यबस्था गरी पिडित बच्चाहरुको उद्धार कार्य गरिरहको सामाजिक संस्था self help group for cerebral palsy nepal, ललितपुरलाई पिडित बालबच्चाहरुको शारिरिक अभ्यास गृह स्थापनाको लागि सहयोग पुगोस भन्ने हेतूले यो सहयोग रकम प्रदान गरिएको हो ।

यस कम्पनीको नेपाल स्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी चक्रबर्तीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा बीमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सिरीशा मारुजोला तथा बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती थियो ।

Esewa
Crest

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत टी चक्रबर्तीले पिडित बच्चाहरुको सरल जीवन यापन तथा शिक्षा दिक्षाको जस्तो महान कार्य गरिरहेको सामाजिक संस्था self help group for cerebral palsy nepal लाई बिशेष धन्यवाद दिदै सानो प्रयास स्वरुप यो सहयोग उपलब्ध गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS