IME Life New

बीमा प्राधिकरणमा उजुरीको चाङ, करिब २०% मात्रै फर्छ्यौट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बीमा प्राधिकरणमा उजुरीको चाङ लागेको छ। उजुरीको संख्या बढे पनि चालु आर्थिक वर्षको १० महिनामा प्राधिकरणले परेका उजुरीमध्ये करिब २० प्रतिशतमात्रै फर्छ्यौट गरेको छ।

प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्ब वैशाखसम्म ४८८ वटा उजुरी दर्ता भएको छ। तीमध्ये ९६ वटामात्रै उजुरी फर्छ्यौट भएको छ। यो फर्छ्यौट संख्या कुल उजुरीको १९.६७ प्रतिशतमात्रै हो।

Esewa
Crest

प्राधिकरणका अनुसार वैशाखसम्म अघिल्लो आर्थिक वर्षको बाँकी २८७ वटा, यस वर्ष केन्द्रीय कार्यालयमा परेका १२१ वटा, प्रदेश कार्यालयमा परेका ७७ वटा र पुनरावेदनबाट आएको ३ वटा गरी कुल ४८८ वटा उजुरी छन्। अघिल्लो वर्ष वैशाखसम्म प्राधिकरणमा कुल ४३७ वटा उजुरी परेका थिए।

यसैगरी चालु आर्थिक वर्षको वैशाखसम्म कुल उजुरीमध्ये प्राधिकरणले ६७ वटाको फैसला र २९ वटाको सहमति गरी कुल ९६ वटा उजुरी फर्छ्यौट गरेको छ। अघिल्लो वर्ष वैशाखसम्म १५० वटा उजुरी फर्छ्यौट गरेको थियो।

प्राधिकरणका अनुसार अब ३९२ वटा उजुरी फर्छ्यौट गर्न बाँकी रहेको छ। यो फर्छ्यौट हुन बाँकी संख्या कुल उजुरीको ८०.३३ प्रतिशतबराबर हुन आउँछ।

त्यसो त प्राधिकरणको केन्द्रीय कार्यालय गत जेठ २२ गतेबाट न्यायिक इजलास पनि सञ्चालनमा ल्याएको छ। इजलासले प्राधिकरणमा परेका बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइ गर्दै फर्छ्यौटलाई तीव्रता दिइने उद्देश्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS