IME Life New

प्राधिकरण कोशी प्रदेशद्वारा शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको छ । स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तर्क्रिया तथा छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले बीमाको विभिन्न विषयमा आफनो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा सहभागीहरूले सरकारी भवनको बीमाको आधार र दर, अभिकर्तामार्फत हुने सम्भावित ठगी, पशु बीमामा औषधि वितरणका प्रदेशगत फरक व्यवस्था तथा तेस्रो पक्ष मोटर बीमाको दाबी भुक्तानी चरणबद्ध गर्न सकिने–नसकिने जस्ता प्रश्नहरू उठाएका थिए ।

Crest

कार्यक्रमका प्रमुख अतिथि शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले कृषक तथा सर्वसाधारणसम्म बीमा सम्बन्धी जानकारी पुग्नुपर्ने आवश्यकता औंल्याउँदै बाली, पशु र भवनसमेत सबै संरचनाको बीमा सम्भव रहने जानकारी व्यापक रूपमा फैलाउनुपर्ने बताए ।

बीमा सुरक्षणको माध्यम भएकाले यसप्रकारका कार्यक्रम उपयोगी रहेको उनले बताए । गाउँपालिका उपाध्यक्ष रत्नश्वरीं राईले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमले समुदायमा ठूलो प्रभाव पर्ने उल्लेख गर्दै मानिस मात्र नभई पशु, बाली र भौतिक संरचनाको बीमा गर्न सुझाव दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले बीमा प्रक्रिया तथा पहुँचबारे छोटो समयमा व्यापक जानकारी पाएको बताउँदै यसलाई स्थानीय तहमा पुनः प्रसारण गर्ने प्रतिबद्धता जनाए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले सबै बीमा सेवा लाइसेन्स प्राप्त कम्पनी र अधिकृत व्यक्तिमार्फत मात्र ग्रहण गर्नुपर्नेमा जोड दिँदै दाबीका बेलामा घटनाको यथार्थ विवरण अनिवार्य रूपमा दिन अनुरोध गरिन् ।

बीमा सेवासम्बन्धी उजुरी भएमा नेपाल बीमा प्राधिकरणमार्फत अनलाइन उजुरी दिन सकिने व्यवस्था रहेको बताइन् । उनले कृषिमा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने जानकारी दिँदै सिफारिसमा शंका लागेमा प्राधिकरणसँग प्रत्यक्ष समन्वय गर्न सकिने बताइन् ।

निजीर्वन बीमामा क्षति मूल्याङ्कनमा केही समय लाग्ने भएकाले धैर्य राख्न पनि आग्रह गरे । कार्यक्रममा सहिदभूमी गाउँपालिका का कर्मचारी , बीमक , बीमा अभिकर्ता , स्थानिय जनताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS