IME Life New

अब बहुमूल्य धातु वा वस्तुको कारोबारमा विद्युतीय माध्यमबाट भुक्तानी, ग्राहक पहिचान अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बहुमूल्य धातु तथा वस्तुको कारोबारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था ल्याएको छ।

आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ मार्फत यस्तो व्यवस्था ल्याएको हो। विभागले सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम, डायमण्ड, सफायर, रुबी, इमेराल्ड, जेड, पर्ल, कोरन्डम, एकुमेरिनलगायतलाई बहुमूल्य धातु वा वस्तुका रुपमा राखेको छ।

Esewa
Crest

निर्देशनमा व्यवसायीले बहुमूल्य धातु वा वस्तु खरिदबिक्री गर्दा लिने रकम वा दिने भुक्तानीमा विद्युतीय माध्यमलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। विद्युतीय माध्यममार्फत हुने भुक्तानीको कुनै सीमा भएमा बहुमूल्य धातु वा वस्तुको खरिदबिक्री गर्ने व्यवसायीको सन्दर्भ उल्लेख गरी सीमा थप हुने व्यवस्था विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउनेछ।

व्यवसायीले आफ्नो कारोबार गर्दा व्यावसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट गर्नुपर्ने निर्देशनमा उल्लेख छ। व्यवसायीले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी तथा परिवारका सदस्य वा अन्य व्यक्तिको बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न नपाउने व्यवस्था निर्देशनमार्फत गरिएको छ।

व्यवसायीले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक खाताबाट रकम भुक्तानी लिनुपर्ने व्यवस्था पनि निर्देशनमा गरिएको छ।

यसैगरी व्यवसायीले ग्राहकको पहिचान गर्दा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख वा उक्त अभिलेखमा नागरिक एपमार्फत पहुँच प्राप्त गरी गर्न सक्ने व्यवस्था निर्देशनमा गरिएको छ। ग्राहकको पहिचान निजको राष्ट्रिय परिचयपत्रमा उल्लिखित मोबाइल नम्बर वा विद्युतीय ल्याप्चे वा हस्ताक्षरबाट गर्न सकिने र विषयगत वा प्राविधिक कारणले ग्राहक पहिचान सम्भव नभएमा आन्तरिक व्यवस्थाबाट मिलाउनुपर्ने प्रावधान निर्देशनमार्फत ल्याइएको छ।

ग्राहक जोखिमयुक्त वा उच्च पदस्थ व्यक्ति वा त्यस्ता व्यक्तिको परिवारका सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिमा, ग्राहकको कामकारबाही शंकास्पद देखिएमा वा सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोमा आबद्ध भएमा व्यवसायीले ग्राहक तथा कारोबारका सम्बन्धमा वास्तविक धनीको पहिचानको सम्पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS