काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले कुल साढे ३ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले २ लाख ५९ हजार ९८ वटा बीमा पोलिसी जारी गरेर ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।
यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले ४३ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ४१ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ४८ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले ३१ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ८४ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २० करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १५ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्रभु इन्स्योरेन्सले १४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ९ करोड ७३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



















