काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को फागुन महिना मात्रै निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिना मात्रै २ लाख २१ हजार ७७६ वटा बीमा पोलिसी बिक्री गरी ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले ३४ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले २४ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले २३ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इनस्योरेन्सले १८ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
ओरिएन्टल इन्स्योरेन्सले १७ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १५ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १३ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।