काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १८ लाख ४३ हजार ४५६ वटा बीमा पोलिसी बिक्री गरी २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले २ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इनस्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ७६ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।