काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेले सम्भावित विपद्लाई ध्यानमा राखेर शुक्रबार साँझदेखि असोज २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा सवारीसाधन आवागमन निषेध गरेको छ।
काभ्रे भन्ज्याङ–भकुन्डेवेशी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधन आवागमन निषेध गरेको हो।
त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले भैँसे र कान्तिलोकपथबाट साँझ ४ बजेपछि सवारी आवागमनमा २० गतेसम्म रोक लगाएको छ।

















