काठमाडौं । कोशी प्रदेश, मोरङ्ग जिल्ला, बिराटनगर म.न.पा वडा नं. १२ बखरीमा अवस्थित निप्पोन फर्मास्युटिकल लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
निष्काशन कम्पनीसंग भएको सो सम्झौता पत्रमा निप्पोन फर्मास्युटिकल लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक मन्टु घिमिरे तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
निप्पोन फर्मास्युटिकल लिमिटेड एक WHO-GMP र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डहरु अनुरुप विभिन्न प्रकारका औषधीहरु जस्तै ट्यावलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रीम जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिन लगायतका उत्पादन गर्ने प्रमाणित फर्मास्युटिकल कम्पनी हो जसको विधिवध दर्ता २००६ मा भई उद्योग स्थापना २०१७ मा भएको थियो । यस कम्पनीले उच्च गुणस्तरको औषधी तथा अषौधिजन्य उत्पादनहरुको विबिध उत्पादन पोर्टफोलियोको विकास र निर्माण गरेर नेपाली फर्माबजारलाई सम्बोधन गरिरहेको छ । स्थापना भएको ५ वर्ष पछि अर्थात् २०२२ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ्ग सुरु गरेको निप्पोन फर्मास्युटिकलले स्थापनाको ४ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको छ ।
निप्पोन फर्मास्युटिकल लिमिटेड Wellbeing for All” अर्थात् “सवैका लागि सु–स्वास्थ्य” भन्ने मूल नाराबाट निर्देशित यस कम्पनी देश र जनताका लागि आवश्यक पर्ने अधिकांश औषधीहरुमा आत्मनिर्भर बन्न सहयोग गरेर राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई ठूलो मद्दत गरेको छ ।












