IME Life New

ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म निफ्राले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ को यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १३.८५ प्रतिशतले घटेको छ।

Crest

गत आर्थिक वर्षको असार मसान्तसम्म निफ्राले १ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निफ्राले २ अर्ब २५ करोड १३ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन आम्दानी १२.७१ प्रतिशतले घटेको छ।

निफ्राको खुद ब्याज आम्दानी पनि घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्यजा आम्दानी २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ भएको थियो। खुद ब्याज आम्दानी २५.५१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म निफ्राले ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ८० करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निफ्राले २ अर्ब २८ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको निफ्राको रिजर्भमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ९२ लाख ३० हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा रिजर्भको आकार ३९.४८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म निफ्राको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ५.३० रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म प्रतिशेयर आम्दानी ६.१६ रुपैयाँ थियो। पीई रेसियो ५९.९६ गुणा रहेको निफ्राको प्रतिशेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS