काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवथापनमा रहेको एनआईसी एशिया ग्रोथ फण्डको यही फागुन २५ गते आइतबारसम्म मात्रै कारोबार हुने छ । उक्त फण्डको दोस्रो बजारमा फागुन २६ गतेबाट कारोबार बन्द हुने छ । यस फण्ड ७ वर्षे बन्दमुखी योजना हो ।
क्यापिटलका अनुसार यस फण्ड फागुन २५ गते परिपक्क हुने भएको हो । फागुन २५ गतेसम्म कायम इकाईधनीले मात्रै यस योजना खारेजी पछिको प्रतिफल प्राप्त गर्नेछन् ।
फण्डको इकाई हालसम्म अभौतिककरण गर्न बाँकी भएमा यथाशिध्र अभौतिकीकरण गर्न र नगद प्रतिफल प्राप्त लिन बाँकी भएकाले हितग्रही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ ।
यस योजनाले ६ वर्षको अवधिमा कुल ८५ प्रतिशत प्रतिफल बितरण गरेको छ । सञ्चालमा आएपछि फण्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत, पाचौं वर्ष १०.५ प्रतिशत र छैठौं वर्षमा ९.५० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।
1741236470871