काठमाडौं । एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्काशन गरेको १० वर्षे अवधिको एनआईसी एशिया डिबेञ्चर २०९१ चैत ३१ गते बाँडफाँड गरेको छ । उक्त ऋणपत्रको ७ प्रतिशत ब्याजदर रहेको छ ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात डिबेञ्चरमध्ये कुल ३ अर्ब ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने कुल २ अर्ब ऋणपुँजी रकम सर्वसाधारणमा निष्काशन गरेको थियो ।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिएकालाई आइतबार बाँडफाँड गरिएको जनाइएको छ । बाँडफाँडमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडको वेवसाइड तथा सिडीएसीबाट सञ्चालित वेवसाइट बाट हेर्न सकिने छ ।