IME Life New

एनआईसी एशिया बैंकको ९१.८१% घट्यो नाफा, वितरणयोग्य मुनाफा पनि साढे ३ अर्बले ऋणात्मक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष  ८१/८२को तेश्रो त्रैमाससम्म १५ करोड खुद मुनाफा गरेको छ।   गत आर्थिक वर्ष बैंकले १ अर्ब ९१ करोड खुद मुनाफा गरेको थियो ।  खुद मुनाफा ९१.८१ प्रतिशत घटेको छ ।

खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ । गत वर्ष ८अर्ब १८ करोड खुद ब्याज आम्दानी रहेकोमा  अहिले ७ अर्ब ९६ करोड खुद ब्याज आम्दानी रहेको छ । संचालन मुनाफा अहिले १ अर्ब २९ करोड रहेकोमा गत वर्ष ३ अर्ब ६२ करोड थियो।
प्रतिशेयर आम्दानी १७.१२ बाट घटेर १.४० रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोड ९२ लाख ऋणात्मक रहेको छ। कम्पनीले २ खर्ब ९४ अर्ब निक्षेप उठाएको छ भने २ खर्ब ३३अर्ब कर्जा दिएको छ।
कम्पनीको खराब कर्जा वृद्धि हुँदै ५.७५ प्रतिशत पुगेको छ।  गत वर्षको खराब कर्जा ३.०८प्रतिशत थियो । कम्पनीको  प्रति शेयर नेट्वर्थ रु १९९.३० रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS