IME Life New

नेप्सेमा १८ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ८३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८ दशमलव ०७ अंकले बढेर २,५६० को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५२ कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको १७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्तका लगानीकर्ताले ७ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् । श्रीनगर एग्रिटेकका लगानकिर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS