काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ३२ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१९ कम्पनीको १ करोढ १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २० करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । श्रीनगरका लगानीकर्ताले ९ दशमलव ९८प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

















